आगजनी र तोडफोड भएपछि कैलाली भन्सार कार्यालयले गर्यो ग्यारेजबाट सेवा सुरु

आगजनी र तोडफोड भएपछि कैलाली भन्सार कार्यालयले गर्यो ग्यारेजबाट सेवा सुरु Ramaroshan
२०८२ भाद्र २९ गते
आगजनी र तोडफोड भएपछि कैलाली भन्सार कार्यालयले गर्यो ग्यारेजबाट सेवा सुरु

धनगढी,२९ भदौ । जेन जी आन्दोलनका क्रममा भवनमा आगजनी र तोडफोड भएपछि कैलाली भन्सार कार्यालयले ग्यारेजबाट सेवा सुचारु गरेको छ।

फर्निचर, कम्प्युटर, कागजपत्रलगायत सम्पत्ति जलेपछि कार्यालयले पश्चिम–दक्षिण प्रवेशद्वारमा रहेको सवारी पार्किङ तथा मर्मतको लागि प्रयोग हुँदै आएको भवनबाट काम सुरु गरेको हो। अहिले बैंक काउन्टर, आयात(निर्यात स्वीकृति लगायतका काम त्यहीँबाट भइरहेको छ।

सूचना अधिकारी खेमप्रसाद अर्यालका अनुसार भन्सार कार्यालय पूर्ण रूपमा क्षतिग्रस्त भएको छ।“हामीसँग जे स्रोत साधन छ, त्यही प्रयोग गरेर सेवा थालेका छौं,” उनले बताए।

नेपाल आयल निगमको आग्रहमा पेट्रोलियम पदार्थको आयात बिहीबारदेखि नै गरिएको थियो। आइतबारदेखि भन्सार कार्यालयले अन्य अत्यावश्यक वस्तुको आयात(निर्यात पनि सञ्चालन गरेको छ।