धनगढी,२९ भदौ । डडेल्धुरा कारागारमा आगजनी र तोडफोड गरि भागेका ८५ जना कैदीबन्दीहरु मध्ये आइतबारसम्म ७८ जना पक्राउ परेका छन् । भदौ २५ गते बिहान आफ्नो सरसामानमा आगो लगाई कारागारको गेट फोडेर भागेका कैदिबन्दीहरु र्लाई नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरी विभिन्न ठाउँबाट पक्राउ गरिरहेको छ ।
१२७ जना कैदिबन्दी रहेको कारागारबाट ८५ जना भागेको कारागार प्रशासक सन्तोष भट्टले जानकारी दिए ।
नेपाल प्रहरीले आईतबार बिहान प्रेस विज्ञप्ति जारी गर्दै बिहान ९ः०० बजेसम्म ७८ जना कैदीबन्दी पक्राउ गरेको जनाएको छ । हाल कारागारमा १२० जना कैदीबन्दी पुगेका छन । फरार रहेका ७ जनाको खोज तलास गरिरहेको प्रहरी जनाएको छ ।
सिफारिस
२०८२
चैत्र
२१ गते
सुदूरपश्चिम सरकार आगामी आर्थिक वर्षको बजेट निर्माणमा जुट्यो
२०८२
चैत्र
२१ गते
दार्चुला–तिङ्कर सडकको १८ किलोमिटर ट्र्याक खुल्यो, बजेट अभाव मुख्य चुनौती
२०८२
चैत्र
२१ गते
धनगढीबाट ६ जना जुवाडे पक्राउ
About Us
© 2026 Ramaroshan. Made with By MU Computer Institute

