अपिहिमाल आरोहण रोकियो, दुई आरोही घाइते

अपिहिमाल आरोहण रोकियो, दुई आरोही घाइते Ramaroshan
२०८२ भाद्र २९ गते
अपिहिमाल आरोहण रोकियो, दुई आरोही घाइते

धनगढी,२९ भदौ । अपिहिमालको पहिलो आरोहणका लागि गएको टोलीका दुई सदस्य घाइते भएपछि आरोहण स्थगित गरिएको छ । भदौ १९ गतेदेखि प्रशिक्षण सुरु गरेको टोलीले शुक्रबार शिखरतर्फ प्रस्थान गर्दा दुर्घटना भएको हो ।

आरोहणका क्रममा सञ्जीव गुरुङको खुट्टा भाँचिएको र तेन्जिङ लामा शेर्पा शरीरमा घाइते भएको अपिहिमाल गाउँपालिकाका अध्यक्ष भक्तबहादुर सिंह ९ठेकरे० बोहराले जानकारी दिए ।

घाइतेहरुको उद्धारका लागि सिम्रिक एयरको हेलिकप्टरले निरन्तर प्रयास गरिरहेको भए पनि खराब मौसमका कारण अवतरण हुन सकेको छैन । हाल आरोहण टोली वेस क्याम्पमा रहेको र उद्धार टोली गाउँपालिका केन्द्र खण्डेश्वरीमै रोकिएको छ ।

दुई आरोही घाइते भएपछि तत्कालका लागि आरोहण स्थगित गरिएको र उद्धारपछि बाँकी सदस्यले आरोहण गर्ने वा नगर्नेबारे निर्णय हुने अध्यक्ष बोहराले बताए ।