सुदूरपश्चिममा कारागारबाट भागेका ६ सय ८ कैदीबन्दी पक्राउ, ८सय ५० कैदीबन्दी फरार

सुदूरपश्चिममा कारागारबाट भागेका ६ सय ८ कैदीबन्दी पक्राउ, ८सय ५० कैदीबन्दी फरार Ramaroshan
२०८२ भाद्र ३० गते
सुदूरपश्चिममा कारागारबाट भागेका ६ सय ८ कैदीबन्दी पक्राउ, ८सय ५० कैदीबन्दी फरार

धनगढी, ३० भदौ /  सुदूरपश्चिम प्रदेशमा जेनजी आन्दोलनको क्रममा कारागारबाट भागेका छ सय बढी कैदीबन्दी पक्राउ परेका छन् । प्रदेश प्रहरी कार्यालयका अनुसार आइतबार बेलुकासम्म छ सय आठ कैदीबन्दीलाई पक्राउ गरिएको छ ।

उनीहरुमध्ये कतिपय आफैं सम्पर्कमा आएका थिए कतिपयलाई प्रहरीले पक्राउ गरेको हो । प्रदेश प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक ९एसएसपी० प्रकाश रानाभाटले अझै आठ सय ५० कैदीबन्दी फरार रहेको जानकारी दिए ।

उनीहरूको खोजीका लागि प्रहरी परिचालन गरिएको छ भने जिल्ला कारागारहरूले सार्वजनिक सूचना जारी गर्दै कैदीबन्दीलाई सम्पर्कमा आउन आग्रह गरेका छन् ।

एसएसपी रानाभाटका अनुसार जेनजीको आन्दोलनमा प्रदर्शनकारीको सहयोगमा प्रदेशका छ कारागार र एक सुधार गृहबाट एक हजार चार सय ५८ कैदीबन्दी भागेका थिए ।