सुदूरपश्चिममा कारागारबाट भागेका ६ सय ८ कैदीबन्दी पक्राउ, ८सय ५० कैदीबन्दी फरार
धनगढी, ३० भदौ / सुदूरपश्चिम प्रदेशमा जेनजी आन्दोलनको क्रममा कारागारबाट भागेका छ सय बढी कैदीबन्दी पक्राउ परेका छन् । प्रदेश प्रहरी कार्यालयका अनुसार आइतबार बेलुकासम्म छ सय आठ कैदीबन्दीलाई पक्राउ गरिएको छ ।
उनीहरुमध्ये कतिपय आफैं सम्पर्कमा आएका थिए कतिपयलाई प्रहरीले पक्राउ गरेको हो । प्रदेश प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक ९एसएसपी० प्रकाश रानाभाटले अझै आठ सय ५० कैदीबन्दी फरार रहेको जानकारी दिए ।
उनीहरूको खोजीका लागि प्रहरी परिचालन गरिएको छ भने जिल्ला कारागारहरूले सार्वजनिक सूचना जारी गर्दै कैदीबन्दीलाई सम्पर्कमा आउन आग्रह गरेका छन् ।
एसएसपी रानाभाटका अनुसार जेनजीको आन्दोलनमा प्रदर्शनकारीको सहयोगमा प्रदेशका छ कारागार र एक सुधार गृहबाट एक हजार चार सय ५८ कैदीबन्दी भागेका थिए ।
सिफारिस
२०८२
चैत्र
२१ गते
सुदूरपश्चिम सरकार आगामी आर्थिक वर्षको बजेट निर्माणमा जुट्यो
२०८२
चैत्र
२१ गते
दार्चुला–तिङ्कर सडकको १८ किलोमिटर ट्र्याक खुल्यो, बजेट अभाव मुख्य चुनौती
२०८२
चैत्र
२१ गते
धनगढीबाट ६ जना जुवाडे पक्राउ
About Us
© 2026 Ramaroshan. Made with By MU Computer Institute

