गोदावरी नगरपालिका भवनको पुनः निर्माणका लागि सहयोग गर्न अपिल

गोदावरी नगरपालिका भवनको पुनः निर्माणका लागि सहयोग गर्न अपिल Ramaroshan
२०८२ भाद्र ३० गते
गोदावरी नगरपालिका भवनको पुनः निर्माणका लागि सहयोग गर्न अपिल

 धनगढी,३० भदौ । कैलालीको गोदावरी नगरपालिकाले आगलागी बाट क्षति पुगेको भवन पुन निर्माणका लागि सहयोगको अपिल गरेको छ । नगरपालिकामा सोमबार बसेको सर्वदलीय बैठकले जनसहभागितामा नगरपालिका भवनको पुनर्निर्माण गर्ने प्रतिबद्धता पश्चात् नगरपालिकाले सहयोगको अपिल गरेको हो ।

नगरप्रमुख वीरेन्द्र भट्टले कार्यालयको भौतिक संरचना र कागजातहरू पूर्ण रूपमा ध्वस्त भएर कार्यालय सञ्चालन गर्न कम्प्युटर तथा अन्य उपकरण लगायतका सामाग्रीहरू जलेको अवस्थामा पुनः नगरपालिकालाई सञ्चालनमा ल्याउन राजनीतिक दल, नागरिक समाज, राष्ट्रसेवक कर्मचारी, सङ्घसंस्था लगायतलाई सहयोगको अपिल गरे ।

उनले नगरपालिका कार्यपालिका बैठकबाट पनि कार्यालयको दैनिक सेवा प्रवाह पुनः सञ्चालनका लागि सहयोगको अपिल गर्ने निर्णय गरिएको बताए । जसका लागि नगरपालिकाले एनआइसी एसिया बैंकको खाता नम्बर र क्युआर सार्वजनिक गरेको छ ।

सवैदलिय बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी, जनमोर्चा पार्टीका नेता तथा कार्यकर्ताले सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए । बैठकमा होटल व्यवसायी धाना चोखालले पनि आफ्ना धारणा राख्दै सहयोग गर्ने घोषणा गरेकी थिइन ।