माओवादी पार्टी कार्यालय अझै भव्य बनाएर पुनर्निर्माण गरिने:दाहाल

माओवादी पार्टी कार्यालय अझै भव्य बनाएर पुनर्निर्माण गरिने:दाहाल Ramaroshan
२०८२ भाद्र ३१ गते
माओवादी पार्टी कार्यालय अझै भव्य बनाएर पुनर्निर्माण गरिने:दाहाल

काठमाडौं।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टीको नयाँ कार्यालय भवन अझै भव्य रूपमा पुनर्निर्माण गर्ने घोषणा गरेका छन्।

पार्टीको केन्द्रीय कार्यालय पेरिस डाँडाको आज अनुगमन गर्दै उनले आन्दोलनका क्रममा ठूलो क्षति पुगेको भए पनि सिंगो पार्टी पंक्ति, देशभित्र र विदेशमा रहेका सबै सदस्यको सहयोगमा पुनः भव्य कार्यालय निर्माण गरिने बताएका हुन्।

उनले पार्टीका माइन्युट तथा पुस्तकालय जोगिनु सकारात्मक पक्ष भएको उल्लेख गर्दै त्यसलाई सुरक्षित राख्न भूमिका खेल्ने सबैलाई धन्यवाद ज्ञापन गरे।जेनजी आन्दोलनका क्रममा आन्दोलनकारीले माओवादी केन्द्रको पार्टी कार्यालयमा समेत आगजनी र तोडफोड गरेका थिए।