बैतडीमा जेनजीको आन्दोलनपछि सरकारी सेवा र विद्यालय सामान्य संचालनमा

बैतडीमा जेनजीको आन्दोलनपछि सरकारी सेवा र विद्यालय सामान्य संचालनमा Ramaroshan
२०८२ भाद्र ३१ गते
बैतडीमा जेनजीको आन्दोलनपछि सरकारी सेवा र विद्यालय सामान्य संचालनमा

धनगढी । जेनजी आन्दोलनका कारण बन्द रहेका जिल्लाका सरकारी कार्यालय, स्थानीय तह, विद्यालय र संघ-संस्था पूर्ववत् अवस्थामा फर्किएका छन्।प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलका अनुसार कार्यालय खुलेसँगै सेवा प्रवाह नियमित रूपमा सञ्चालनमा आएको छ।

दोगडाकेदार, शिवनाथ र सिगास गाउँपालिकामा समेत सबै सेवाहरु नियमित रूपमा प्रदान भइरहेका छन्।रौलेश्वर मावि कफलकोट लगायतका विद्यालय पनि खुलेका र पठनपाठन सुरु भइसकेको प्रधानाध्यापक नरेन्द्र भाटले जानकारी दिए।

जिल्ला प्रहरी प्रवक्ता बलराम पाण्डेयले भने,जेनजीको प्रदर्शन र निषेधाज्ञा तथा कर्फ्युका कारण प्रभावित जनजीवन अब सामान्य बनेको छ।बजार र अन्य संघ-संस्थाहरु पनि खुलिसकेका छन्।”