बैतडी , २ असोज / बैतडीको सलसेनामा पहिरो खस्दा महाकाली लोकमार्ग फेरि अवरुद्ध भएको छ । बैतडीको दोगडाकेदार गाउँपालिका–५ सलसेनामा गएराति पहिरो खसेपछि लोकमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक बल्देव बडूले बताए । सडकमाथिबाट पहिरो खसेपछि सवारी साधन बीचबाटोमै रोकिएका छन् ।
तराईबाट दार्चुलाका लागि छुटेका गाडीहरु र दार्चुलाबाट तराईका लागि छुटेका गाडीहरु अहिले बीचबाटोमै रोकिएका प्रहरी निरीक्षक बडूले बताए । सडकमा खसेको पहिरो पन्छ्याउनका लागि मालिकार्जुनबाट जेसीबी ल्याउने तयारी भइरहेको उनले बताए ।
यसअघि मंगलबार बिहान उक्त ठाउँमा पहिरो खस्दा सडक अवरुद्ध भएको थियो । मंगलबार ११ घण्टापछि राति ८ बजेमात्रै उक्त सडक सञ्चालनमा आएको थियो । बर्षाका कारण सडकमाथिबाट लगातार पहिरो खसीरहेको बताइएको छ ।
सिफारिस
सुदूरपश्चिम सरकार आगामी आर्थिक वर्षको बजेट निर्माणमा जुट्यो
दार्चुला–तिङ्कर सडकको १८ किलोमिटर ट्र्याक खुल्यो, बजेट अभाव मुख्य चुनौती
धनगढीबाट ६ जना जुवाडे पक्राउ
About Us
© 2026 Ramaroshan. Made with By MU Computer Institute

