सुदूरपश्चिम विश्वविद्यालयमा नयाँ डीन र पदाधिकारी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयमा नयाँ डीन र पदाधिकारी नियुक्त Ramaroshan
२०८२ असोज ०२ गते
सुदूरपश्चिम विश्वविद्यालयमा नयाँ डीन र पदाधिकारी नियुक्त

धनगढी।सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गत विभिन्न संकायमा नयाँ डीन र पदाधिकारीहरूको नियुक्ति भएको छ।

व्यवस्थापन संकायको डीनमा प्रा।डा। पदम राज जोशी पुनः नियुक्त भएका छन्।उनी विगत विस्संस्२०७८ देखि व्यवस्थापन संकायको डीन रहेका थिए र कैलाली बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख पनि हुन्।

विज्ञान तथा प्रविधि संकायको डीनमा डा।प्रेमसिंह साउद नियुक्त भएका छन्। उनी कैलाली बहुमुखी क्याम्पसका सह(प्राध्यापक र युवा वैज्ञानिक हुन् तथा नेपाल सरकारबाट राष्ट्रिय शिक्षा पुरस्कार‑२०८१ बाट सम्मानित भइसकेका छन्।

स्कुल अफ फरेष्ट अन्तर्गत प्राकृतिक स्रोत व्यवस्थापन तथा वन विज्ञान संकायमा उप–प्राध्यापक शिद्धराज पन्तलाई डीनको जिम्मेवारी दिइएको छ। उनी पनि कैलाली बहुमुखी क्याम्पसमा प्राध्यापक थिए।

यसैबिच, कैलाली बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा सह(प्राध्यापक डा।लोकबहादुर बिष्ट नियुक्त भएका छन्।

नव नियुक्त सबै पदाधिकारीहरूलाई उपकूलपति प्रा।डा। हेमराज पन्त र रजिष्ट्रार प्रा।डा।विनोद लेखकले नियुक्ति पत्र प्रदान गर्दै बधाई र शुभकामना व्यक्त गरेका थिए।