धनगढी । कैलालीको धनगढीबाट प्रहरीले साढे ५४ लाखको सामान बरामद गरेको छ । धनगढी उपमहानगरपालिका– ४ स्थित पश्चिम धनगढी लोजेस्टिक ट्रान्सपोर्टबाट ५४ लाख ५० हजारको सामान बरामद गरिएको हो । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक राजकुमार सिंहका अनुसधरा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको संयुक्त प्रहरी टोलीले उक्त सामान बरामद गरेको हो ।
यस्तै इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले टिकापुर नगरपालिका– ९ भैयावाडास्थित नहर नजिकबाट पनि थप सामान बरामद गरेको छ । दुई लाख ३३ हजार ५६० मूल्य बराबरको सामान बरामद गरिएको डीएसपी सिंहले बताए । बेवारिसे अवस्थामा फेला परेको उक्त सामान भन्सार कार्यालय बुझाइएको प्रहरीले जनाएको छ ।
सिफारिस
२०८२
चैत्र
२१ गते
सुदूरपश्चिम सरकार आगामी आर्थिक वर्षको बजेट निर्माणमा जुट्यो
२०८२
चैत्र
२१ गते
दार्चुला–तिङ्कर सडकको १८ किलोमिटर ट्र्याक खुल्यो, बजेट अभाव मुख्य चुनौती
२०८२
चैत्र
२१ गते
धनगढीबाट ६ जना जुवाडे पक्राउ
About Us
© 2026 Ramaroshan. Made with By MU Computer Institute

