काठमाडौं, ४ असोज / देशका मुख्य सडक अवरुद्ध भएपछि यातायात मन्त्रालयमा आकस्मिक बैठक बसेको छ । शुक्रबार रातिदेखि नारायणगढ- मुग्लिन सडक अवरुद्ध भएको छ । पहिरो खस्ने क्रम नरोकिएपछि सडक खुलाउन कठिनाइ भएको छ । यात्रुहरु रातिदेखि नै अलपत्र परेका छन् ।
बैठकमा सडक विभाग, गृह मन्त्रालय, यातायात व्यवसायी महासंघ र मजदुरहरूसँग यातायात मन्त्री कुलमान घिसिङले छलफल गरिरहेका छन् । सरोकारवालले बैठकमा सडकको अवस्थाबारे जानकारी गराएका छन् । नारायणगढ-मुग्लिन सडकखण्डको तुइनखोलामा पहिरो खस्ने क्रम जारी छ ।
पहिरो खसेको ठाउँमा डोजर खटाइएको भए पनि काम गर्न नसकिएको ट्राफिक प्रहरीले जनाएको छ । कोशी राजमार्ग, अरनिको राजमार्गका पनि विभिन्न ठाउँमा पहिरोले सडक अवरुद्ध भएको छ । यी सबै ठाउँमा खुलाउने काम भइरहेको प्रहरीले जनाएको छ ।
सिफारिस
सुदूरपश्चिम सरकार आगामी आर्थिक वर्षको बजेट निर्माणमा जुट्यो
दार्चुला–तिङ्कर सडकको १८ किलोमिटर ट्र्याक खुल्यो, बजेट अभाव मुख्य चुनौती
धनगढीबाट ६ जना जुवाडे पक्राउ
About Us
© 2026 Ramaroshan. Made with By MU Computer Institute

