धनगढी । कैलालीमा बस र मोटरसाइकल एक आपसमा ठोक्किदा डडेल्धुरको एक जनाको मृत्यु भएको छ। कैलालीको घोडघोडी नगरपालिका–४ सिमथरीस्थित पूर्व पश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना. ६ ख. ८४५४ नम्बरको बस र विपरीत दिशाबाट आईरहेको सुदूरपश्चिम प्रदेश ०१–००९ प. २७०७ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किदा मोटरसाइकल चालक डडेल्धुराको अजयमेरु गाउँपालिका–४, भलकुडा बस्ने ३१ वर्षीय दर्शन सिंह भाटको मृत्यु भएको हो ।
दुर्घटनामा भाट गम्भिर घाइते भएको प्रहरीले जनाएको छ। उहाँलाई उपचारका लागि घोडाघोडी अस्पताल सुखड लगिएकोमा चिकित्सकले चेकजाँच गर्दा मृत्यु घोषणा गरेको हो। बस र बस चालक जिल्ला कञ्चनपुरको भीमदत्त नगरपालिका–४ बस्ने ३४ वर्षीय अम्मर सिंह बुढा ऐरलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
सिफारिस
सुदूरपश्चिम सरकार आगामी आर्थिक वर्षको बजेट निर्माणमा जुट्यो
दार्चुला–तिङ्कर सडकको १८ किलोमिटर ट्र्याक खुल्यो, बजेट अभाव मुख्य चुनौती
धनगढीबाट ६ जना जुवाडे पक्राउ
About Us
© 2026 Ramaroshan. Made with By MU Computer Institute

