कैलाली र कञ्चनपुरका ३ जना युवती लागूऔषधसहित पक्राउ

कैलाली र कञ्चनपुरका ३ जना युवती लागूऔषधसहित पक्राउ Ramaroshan
२०८२ असोज ०४ गते
कैलाली र कञ्चनपुरका ३ जना युवती लागूऔषधसहित पक्राउ

धनगढी । कैलाली र कञ्चनपुरका ३ जना युवती लागूऔषधसहित पक्राउ परेका छन्। कञ्चनपुरको पुनर्वास नगरपालिका ६ ङ गाउँ स्थित भारतबाट नेपाल तर्फ आउदै गरेको अवस्थामा कैलालीको धनगढी उपमहानगरपालिका–१२ जुगेडा बस्ने १९ वर्षकी संगिता राना, कैलालीकै लम्कीचुहा नगरपालिका–९ बस्ने २० वर्षकी रेनुका चौधरी र कञ्चनपुरको बेलौरी नगरपालिका–४ बस्ने १८ वर्षकी किशोरीलाई प्रहरीले लागूऔषधसहित पक्राउ गरेको हो।

तीनै जनाको साथबाट ९०० मिलिग्राम लागूऔषध खैरो हेरोइन फेला पारी उक्त पदार्थसहित तिनै जनालाई लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगर, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले शुक्रवार नियन्त्रणमा लिएको छ।