कञ्चनपुर, ५ असोज / कञ्चनपुरको भीमदत्त नगरपालिका–११ गड्डाचौकीस्थित राना परिवारमा एकै दिन बुवा र छोराको निधन भएपछि गाउँ शोकमग्न बनेको छ। स्थानीय जलशा होटलका सञ्चालक तथा मिलनसार व्यक्तित्वका रूपमा परिचित ५५ वर्षीय दान बहादुर राना ९डल्ले दाई० र उनका छोरा बिक्की रानाको असोज ३ गते एकै दिन निधन भएको पारिवारिक स्रोतले जनाएको छ।
बिक्की केही समयदेखि बिरामी परेपछि उनलाई उपचारका लागि भारतको बरेली लगिएको थियो। उपचारकै क्रममा शुक्रबार बिहान उनले प्राण गुमाएका हुन्। सोही दिन साँझ, धनगढीस्थित अस्पतालमा उपचाररत उनका बुबा दान बहादुर रानाको पनि निधन भएको हो। बुबा–छोराको निरन्तर योगदानले जलशा होटललाई गड्डाचौकी क्षेत्रमा परिचित बनाएको थियो। बुबासँगै होटल व्यवसायमा सक्रिय रहेका बिक्की समयमै उपचार नपाउँदा ज्यान गुमाउनुपरेको हो।
एकै परिवारका दुई सदस्यको एउटै दिन निधन भएपछि राना परिवारमा असहनीय पीडा परेको छ। गाउँलेहरू भने मिलनसार र सहयोगी स्वभावका दान बहादुरको अकालमा निधनप्रति दुःख व्यक्त गर्दै परिवारप्रति समवेदना प्रकट गरेका छन्।
सिफारिस
सुदूरपश्चिम सरकार आगामी आर्थिक वर्षको बजेट निर्माणमा जुट्यो
दार्चुला–तिङ्कर सडकको १८ किलोमिटर ट्र्याक खुल्यो, बजेट अभाव मुख्य चुनौती
धनगढीबाट ६ जना जुवाडे पक्राउ
About Us
© 2026 Ramaroshan. Made with By MU Computer Institute

