त्रिनगर सीमा नाकाबाट एक हप्तामा चार हजार सात सय ७३ जना नेपाली स्वदेश फर्किए

त्रिनगर सीमा नाकाबाट एक हप्तामा चार हजार सात सय ७३ जना नेपाली स्वदेश फर्किए Ramaroshan
२०८२ असोज ०५ गते
त्रिनगर सीमा नाकाबाट एक हप्तामा चार हजार सात सय ७३ जना नेपाली स्वदेश फर्किए

धनगढी, ५ असोज /  बडादशैँ आउनै लाग्दा रोजगारीका लागि छिमेकी देश भारत गएकाहरू घर फर्कन थालेका छन् । कैलालीको त्रिनगर नाकाबाट दिनहुँ नेपाली स्वदेश भित्रिने क्रम बढ्दै गएको सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमासुरक्षा गुल्म धनगढीले जनाएको छ ।

सीमासुरक्षा गुल्मका अनुसार त्रिनगर सीमा नाकाबाट एक हप्तामा चार हजार सात सय ७३ जना नेपाली भारतका विभिन्न शहरबाट रोजगारी गरी फर्किएका छन् । हरेक दिन यो नाकाबाट भित्रिनेको सङ्ख्या बढ्दै गएको सीमा सुरक्षा गुल्मबाट प्राप्त तथ्याङ्कमा उल्लेख छ । भन्सार सीमा नाकामा यात्रुहरूको सहजताका लागि सीमा सुरक्षा गुल्म निर्माणसँगै घर फर्कँदा सहज भएको यात्रुहरुको भनाइ छ ।