सुदूरपश्चिम प्रदेश सभा संञ्चालनमा अनिश्चित
धनगढी । जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोडपछि सुदूरपश्चिम प्रदेश सभा भवन प्रयोग नै गर्न नमिल्ने गरी खरानी भएको छ । यो आन्दोलनमा सबैभन्दा बढी क्षति प्रदेश सभाले बेहोरेको हो । प्रदेश सभा भवन कहिले संञ्चालनमा आउँछ भने अझै निश्चित छ्रैन् ।
प्रदेश सभाको सबै भवनमा आगजनी गरिएको छ । प्रदेश सभा परिसरमा रहेका सवारी साधनहरू तोडफोड र आगजनी गरिएका छन् । सचिवालयका अनुसार प्रदेश सभा भवन र मातहतका सबै कार्यालय जलेर पूर्ण रूपमा नष्ट भएका छन् । बिहीबार भग्नावशेषमै मन्त्रिपरिषद् बैठक बसेको छ । आन्दोलन नभएको भए यतिबेला धमाधम संसद् बैठक चलिरहेको हुन्थ्यो । आन्दोलनमा भवन र संरचनामै क्षति पुगेपछि तत्काल संसद् बैठक चलाउन सम्भव नदेखिएको सुदूरपश्चिम प्रदेश सभा सचिवालयका सुचना अधिकारी युवराज जैशीले जानकारी दिए । उनले प्रदेश सभा संञ्चालनका लागी तत्काल ६० लाख भन्दा बढी लाग्ने अनुमान गरिएको बताए ।
सुदूरपश्चिम प्रदेश सभाका सभामुख भीमबहादुर भण्डारीले प्रदेश सभामा ९० प्रतिशत जति क्षति भएकाले प्रदेश सभा सञ्चालनको लागि लामो समय लाग्ने बताए । जेन जी आन्दोलनको क्रममा नहुनुपर्ने दुखद घटना भएपछि यसले राज्य लाई ठुल्लो आर्थिक भार थपेको बताए । उनले यो सरचना जो सुकै सतामा आएपनि काम लाग्ने बताए ।
सुदूरपश्चिम प्रदेश सभामा सभामुख र उप सभामुख वाहेक सवैको कार्य कक्षमा क्षती भएको छ । कार्यलयमा रहका चारपाङ्ग्रे सवारी साधन र दुईपाङ्ग्रे सवारी साधन आगजनीका कारण नष्ट भएका छन् । प्रदेश सभा सचिवालयका अनुसार कम्प्युटर, ल्यापटप, डिजिटल क्यामेरा, भिडियो क्यामेरा, फोटोकपी मेसिन र प्रिन्टर एसी जलेको छ । त्यस्तै स्वतन्त्र र राप्रवा बाहेक अन्य सवै दलका कार्यालय जलेका छन् । विषय गत समितीमा अर्थ विकास समिती पुर्ण रुपमा ध्यवस्त छ भने अन्यमा सामान्य क्षती भएको छ ।
सुदूरपश्चिम प्रदेश सभामा कर्मचारीहरू आज भोली कार्यालय जाने र हाजिर गरेर फर्किन्छन् । ‘काम गरौँ भने कम्प्युटर र अभिलेख केही छैन । दिनभरि गफ गरेर फर्किने गरिरहेका छन् । सुदुरपश्चिम प्रदेशमा ५२ जना प्रदेश सभा सदस्य छन् । २४ भदौमा भएको जेनजी आन्दोलनमा आगजनी तथा तोडफोड गरिएका प्रदेश तथा संघीय सरकार अन्तरगतका कार्यालयको केहि दिन पहिला मुख्यमन्त्री कमल शाहले निरीक्षण गर्दै क्षतिग्रस्त संरचनाको पुनस् निर्माण एकताबद्ध भएर लाग्न आह्वान गरेका थिए ।

