धनगढीः कैलालीमा दुई लाख नागरिकका राष्ट्रिय परिचयपत्र जलेर नष्ट भएका छन्। जेनजी आन्दोलनको क्रममा सरकारी कार्यालयमा आगजनी गरिएपछि राष्ट्रिय परिचयपत्र जलेर नष्ट भएको हो। जिल्ला प्रशासन कार्यालयका अनुसार फिल्डको एक लाख ६० हजार र जिल्ला प्रशासन कार्यालयमा रहेको ४० हजार राष्ट्रिय परिचयपत्रलाई आन्दोलनकारीले जलाएका छन्।
छापिएका राष्ट्रिय परिचयपत्रहरू विभिन्न पालिकाको वडाबाट पनि वितरणको कार्य चलिरहेको थियो। जलेर नष्ट भएका परिचयपत्रहरू सरकारले पुनः छापेर पठाउने जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले बताए।
“परिचयपत्र जले पनि विवरणहरू सुरक्षित छ” उनले भने, “जलेका परिचयपत्र सरकारले पुनः छापेर पठाउँछ।” जिल्ला प्रशासन कार्यालयमा रहेको पुरानो भवनबाट राष्ट्रिय परिचयपत्रको काम हुँदैआएको थियो।
राणाकालमा बनेको सो भवन आगजनीबाट नष्ट भएको छ । भवन नष्ट भएपछि राष्ट्रिय परिचयपत्रसहित त्यससँग सम्बन्धित कागजात, उपकरण जलेर नष्ट भएको जोशीले जानकारी दिए।
सिफारिस
सुदूरपश्चिम सरकार आगामी आर्थिक वर्षको बजेट निर्माणमा जुट्यो
दार्चुला–तिङ्कर सडकको १८ किलोमिटर ट्र्याक खुल्यो, बजेट अभाव मुख्य चुनौती
धनगढीबाट ६ जना जुवाडे पक्राउ
About Us
© 2026 Ramaroshan. Made with By MU Computer Institute

