धनगढी । कैलाली कारागारबाट फरार भएका २९३ कैदीबन्दी कारागार फर्केका छन् । जेनजी आन्दोलनको क्रममा भदौ २४ गते भागेका उनीहरु फर्कनेक्रम जारी रहेको कारागार प्रशासनले जानकारी दिएको छ ।
धेरैजसो कैदीबन्दी आफैँ फर्केर आएको र केहीलाई प्रहरीले पक्राउ गरेर बुझाएको जेलर चिरञ्जिवी सापकोटाले जानकारी दिनुभयो । थप अरु कैदीबन्दी पनि सम्पर्क आइसकेको उहाँको भनाइ छ ।
सापकोटाका अनुसार ३३ महिलासहित २९३ कैदीबन्दी कारागार फर्किसकेका छन् । फर्केकामध्ये तीन जना कैद भुक्तान गरेर छुटेका छन् । बाँकी रहेको २९० जनामध्ये दुई जनाको अस्पतालमा उपचार भइरहेको जेलर सापकोटाले बताउनुभयो ।
जेनजी आन्दोलनको क्रममा कारागारबाट ६६० जना कैदीबन्दी दिउँसो र बाँकी रहेकामध्ये छ जना राति फरार भएका थिए । कारागारमा रहेका ६६७ मध्ये एक जना कैदीबन्दीमात्रै नभागेको कारागार प्रशासनले जानकारी दिएको छ । भागेकामध्ये १७ भारतीयसहित ३७३ कैदीबन्दी अझै फरार रहेका जनाइएको छ ।
सिफारिस
सुदूरपश्चिम सरकार आगामी आर्थिक वर्षको बजेट निर्माणमा जुट्यो
दार्चुला–तिङ्कर सडकको १८ किलोमिटर ट्र्याक खुल्यो, बजेट अभाव मुख्य चुनौती
धनगढीबाट ६ जना जुवाडे पक्राउ
About Us
© 2026 Ramaroshan. Made with By MU Computer Institute

