धनगढी । चाडपर्वको अवसरमा यात्रुहरूको सुरक्षासहित सहज यात्रा सुनिश्चित गर्न बैतडीमा प्रहरीद्वारा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको छ । जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बल्देव बडूका अनुसार जिल्लाका प्रमुख नाकाहरू र भीडभाड हुने स्थानहरूमा आइतबारदेखि सहायता कक्ष सञ्चालनमा आएका हुन् ।
सवारी दुर्घटना न्यूनीकरण, यात्रुहरूलाई गन्तव्यसम्म सुरक्षित पुर्याउने र अनुगमनलाई प्रभावकारी बनाउन जिल्ला प्रहरी कार्यालयले झुलाघाट, गोठलापानी, देहीमाण्डौं, सतबाँझ, खोचलेक, गोकुलेश्वर, सिमार, पाटन, खोड्पे, श्रीभावर र मेलौलीमा सहायता कक्ष स्थापना गरेको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक दीपककुमार रायका अनुसार चाडपर्वको समयमा देखिने तोकिएकोभन्दा बढी भाडा असुल्ने, क्षमताभन्दा बढी यात्रु बोक्ने जस्ता अव्यवस्था नियन्त्रण गर्न सहायता कक्षले प्रत्यक्ष रूपमा निगरानी गर्नेछ । उहाँले यात्राको क्रममा कुनै समस्या परेमा नजिकको सहायता कक्षमा सम्पर्क राख्न यात्रुहरूलाई आग्रह गर्नुभएको छ । प्रहरीका अनुसार यी सहायता कक्ष तिहारसम्म सञ्चालनमा रहने छन् ।
सिफारिस
सुदूरपश्चिम सरकार आगामी आर्थिक वर्षको बजेट निर्माणमा जुट्यो
दार्चुला–तिङ्कर सडकको १८ किलोमिटर ट्र्याक खुल्यो, बजेट अभाव मुख्य चुनौती
धनगढीबाट ६ जना जुवाडे पक्राउ
About Us
© 2026 Ramaroshan. Made with By MU Computer Institute

