काठमाडौं ७ असोज / मुग्लिन–नारायणगढ सडक सोमबार साँझबाट दुईतर्फी सञ्चालनमा आएको छ। गत शुक्रबारको पहिरोका कारण अवरुद्ध सडक ४५ घण्टापछि आइतबार अपराह्नबाट सुचारु भए पनि एकतर्फी मात्र थियो।
तर, मुग्लिन–नारायणगढ सडक खण्डको तुइन खोला पुलनजिकै एकतर्फी सञ्चालनमा रहेको सडक पहिरो पूर्ण रूपमा हटाएर सोमबार साँझ ६ बजेबाट सवारी आवागमन दुईतर्फी नै सञ्चालनमा आएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ।
सडक दुईतर्फी खुलाउन दिउँसो १ बजेबाट सवारी आवागमन बन्द गरिएको थियो। तर, साँझ ६ बजेबाट दुईतर्फी खुलेसँगै सवारी आवागमन सुचारु गरिएको हो।
सडक डिभिजन भरतपुरका प्रमुख नारायणप्रसाद लामिछानेले त्यस क्षेत्रको भौगोलिक बनावट कमजोर रहेकाले पहिरोको जोखिम बताए। त्यसमाथि त्यहाँ टुक्रे चट्यान छ। त्यसले गर्दा यस क्षेत्रमा पहिरो खस्ने गरेको छ।
सिफारिस
सुदूरपश्चिम सरकार आगामी आर्थिक वर्षको बजेट निर्माणमा जुट्यो
दार्चुला–तिङ्कर सडकको १८ किलोमिटर ट्र्याक खुल्यो, बजेट अभाव मुख्य चुनौती
धनगढीबाट ६ जना जुवाडे पक्राउ
About Us
© 2026 Ramaroshan. Made with By MU Computer Institute

