मेल्लेख गाउँपालिका-१ ऋषिदहको वडा कार्यालय तोडफोड गरेकाे आरोपमा सात पक्राउ
अछाम । मेल्लेख गाउँपालिका-१ ऋषिदहको वडा कार्यालयमा तोडफोडमा संलग्न भएको आरोपमा सात जना पक्राउ परेका छन् । सोमवार राती स्थानीय युवाहरूको समूहले वडा कार्यालय तोडफोड गरेर क्षति पुगेको वडा अध्यक्ष दिलबहादुर धामीले जानकारी दिए ।
वडा कार्यालय तोडफोडको आरोपमा स्थानीय सात जना युवालाई प्रहरीले नियन्त्रण लिएको अछाम प्रहरीले जानकारी दिएको छ । नियन्त्रणमा लिइएका व्यक्तिहरू २० देखि २४ वर्ष उमेरका रहेको भएपनि विवरण खुलाइएको छैन । पक्राउ परेका र घटनाको विस्तृत विवरण आउने क्रममा रहेको अछाम प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।
चार वटा दराज, तीनवटा ल्यापटप, डेस्कटप, प्रिन्टर र फोटोकपी मेसिन, प्रोजेक्टर, इन्टरनेटको राउटर, कुर्सी तोडफोड तथा तथा सम्पूर्ण कागजातहरु च्यातेर नष्ट पारिएको वडा अध्यक्ष धामीको भनाइ छ।
सिफारिस
सुदूरपश्चिम सरकार आगामी आर्थिक वर्षको बजेट निर्माणमा जुट्यो
दार्चुला–तिङ्कर सडकको १८ किलोमिटर ट्र्याक खुल्यो, बजेट अभाव मुख्य चुनौती
धनगढीबाट ६ जना जुवाडे पक्राउ
About Us
© 2026 Ramaroshan. Made with By MU Computer Institute

