काठमाण्डौ १० असोज/नेपाल प्रहरीले ठूलो संख्यामा प्रहरी जवान र कार्यालय सहयोगी भर्नाको लागि दरखास्त आह्वान गरेको छ ।प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग, भर्ना छनोट शाखाले शुक्रबार सूचना जारी गर्दै झण्डै १६ सय प्रहरी जवान पदको लागि दरखास्त आह्वान गरेको हो।
जनपद प्रहरी जवानतर्फ एक हजार पाँचसय ५३, प्रहरी कार्यालय सहयोगी हजाम तर्फ ११, कुचीकारतर्फ १५ र खेलाडीतर्फ १५ पदहरूमा खुला प्रतियोगिताद्वारा समावेशी प्रावधान बमोजिम पदपूर्ति गरिने सूचनामा उल्लेख छ।
योग्यता पुगेका इच्छुक नेपाली नागरिकले यही असोज १९ गतेदेखि आगामी कात्तिक २८ गतेसम्म निवेदन दिन सक्नेछन्। खेलाडीतर्फ फुटबल, भलिबल, क्रिकेट, एथलेटिक्स, जुडो, कराँते र तेक्वान्दो विधाका खेलाडीले मात्रै दरखास्त दिने सक्ने सूचनामा उल्लेख छ।

सिफारिस
२०८२
चैत्र
२१ गते
सुदूरपश्चिम सरकार आगामी आर्थिक वर्षको बजेट निर्माणमा जुट्यो
२०८२
चैत्र
२१ गते
दार्चुला–तिङ्कर सडकको १८ किलोमिटर ट्र्याक खुल्यो, बजेट अभाव मुख्य चुनौती
२०८२
चैत्र
२१ गते
धनगढीबाट ६ जना जुवाडे पक्राउ
About Us
© 2026 Ramaroshan. Made with By MU Computer Institute

