धनगढी।कैलालीको धनगढीमा ‘हिमालयन गौरीशंकर डेन्टल पाँचौँ मिडिया कप फुटसल प्रतियोगिता’ हुने भएको छ।नेपाल खेलकुद पत्रकार मञ्च, जिल्ला समन्वय शाखा कैलालीको आयोजनामा भोलि ९शनिबार० देखि प्रतियोगिता सुरु हुने भएको हो।
मञ्चका अध्यक्ष प्रदीप पाठकका अनुसार प्रतियोगिताको विजेताले नगद २५ हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र, उपविजेताले भने नगद १५ हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन्।
यस प्रतियोगिताको मुख्य प्रायोजक हिमालयन गौरीशंकर डेन्टल रहेको छ भने प्रवद्र्धकमा धनगढी उपमहानगरपालिका छ।
मञ्चका सचिव तथा प्रतियोगिता संयोजक विराज रोस्याराका अनुसार दसैँको अवसरमा सञ्चारकर्मीबीच आपसी भातृत्व बढाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो।
फुटसल प्रतियोगितामा पत्रकारसम्बन्धी विभिन्न टिमको सहभागिता रहनेछ।टिम दर्ता शुल्क २ हजार रुपैयाँ तोकिएको छ। यसअघि प्रतियोगिताका चार संस्करण सम्पन्न भइसकेका छन्।
सिफारिस
सुदूरपश्चिम सरकार आगामी आर्थिक वर्षको बजेट निर्माणमा जुट्यो
दार्चुला–तिङ्कर सडकको १८ किलोमिटर ट्र्याक खुल्यो, बजेट अभाव मुख्य चुनौती
धनगढीबाट ६ जना जुवाडे पक्राउ
About Us
© 2026 Ramaroshan. Made with By MU Computer Institute

