धनगढी । बझाङमा दुई युवा समूहबिच झडप हुदा २ जना घाईते भएका छन । जिल्ला सदरमुकाम चैनपुर बजारमा दुई समूहबिच झडप हुदा २ जना घाईते भएका हुन ।
बिहिबार बेलुका ६ बजेतिर चैैनपुर बजारमा रहेको जिमहल नजिकै भएको झडपमा छविस पाथिभेरा– ७ का किरन धामी र जयपृथ्वी नगरपालिका–३ का प्रवेश बिष्ट घाईते भएका जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।
प्रहरी कार्यालयका अनुसार धामीको टाउँकोमा चोट लागेर बेहोस अवस्थामा रहेको र प्रवेश बिष्टको अवस्था भने सामान्य रहेको छ । घाइतेहरुको जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरी निरिक्ष लोकेन्द्र ठगुन्नाले जानकारी दिए ।
कुटपिट गर्ने अनिल बोहरा र रमिल बोहरा भने फरार रहेको प्रहरीको भनाइ छ । फरार रहेका उनिहरुको खोजिकार्य तिब्र पारेको प्रहरीले जनाएको छ ।
सिफारिस
२०८२
चैत्र
२१ गते
सुदूरपश्चिम सरकार आगामी आर्थिक वर्षको बजेट निर्माणमा जुट्यो
२०८२
चैत्र
२१ गते
दार्चुला–तिङ्कर सडकको १८ किलोमिटर ट्र्याक खुल्यो, बजेट अभाव मुख्य चुनौती
२०८२
चैत्र
२१ गते
धनगढीबाट ६ जना जुवाडे पक्राउ
About Us
© 2026 Ramaroshan. Made with By MU Computer Institute

