बझाङमा करेन्ट लागेर एक महिलाको मृत्यु

बझाङमा करेन्ट लागेर एक महिलाको मृत्यु Ramaroshan
२०८२ असोज ११ गते
बझाङमा करेन्ट लागेर एक महिलाको मृत्यु

धनगढी । बझाङको छविसपाथिभेरा गाउँपालिका वडा नम्बर ४, शिरमातोलामा करेन्ट लागेर एक महिलाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय बझाङले दिएको जानकारी अनुसार मृत्यु हुनेमा २० वर्षीया साबित्रा शाह रहेकी छिन् ।

प्रहरीका अनुसार, शाह घर नजिकैको धारामा पानी भर्न जाने क्रममा उक्त घटना घटेको हो । विद्युतको पोलबाट स्थानीय रूपमा तानिएको तार चुँडिएको अवस्थामा रहेको र सोही तारबाट करेन्ट प्रवाह हुँदा उनको घटनास्थलमै मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

घटनाको खबर पाए लगत्तै स्थानीय प्रहरीको टोली घटनास्थलमा पुगेर आवश्यक अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।