भारतबाट घर फर्किनेको चाप बढेसँगै नाकामा जाँचका लागि कुकुर परिचालन

भारतबाट घर फर्किनेको चाप बढेसँगै नाकामा जाँचका लागि कुकुर परिचालन Ramaroshan
२०८२ असोज ११ गते
भारतबाट घर फर्किनेको चाप बढेसँगै नाकामा जाँचका लागि कुकुर परिचालन

 धनगढी । दसैंका लागि भारतबाट घर फर्किनेको चाप बढेसँगै नाकामा जाँचका लागि कुकुर परिचालन गरिएको छ । प्रदेश प्रहरी कार्यालय धनगढीको केनाइन शाखाबाट ल्याइएका कुकुरबाट जाँच गरिएको हो । ‘नाकामा भीडभाड बढेको छ, त्यही भएर कुकुर परिचालन गरिएको हो,’ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी खडकबहादुर खत्रीले भने, ‘आवश्यकताअनुसार फेरि पनि कुकुर परिचालन गरिने छ ।’

केनाइन शाखाबाट प्रदेशका सबै नाकाहरुमा जाँच हुने भएकाले एकै नाकामा नियमित रुपमा कुकुर राख्न नसकिने उनले बताए । विगतका वर्षमा पनि दसैं र तिहारका बेला जाँचका लागि कुकुर परिचालन गरिएको थियो । प्रहरीले नाकामा नागरिक सहायता कक्ष पनि सञ्चालन गरेको छ । भारतबाट भर फर्किने यात्रुको विवरणसँगै समस्यामा परेकाहरुलाई सहयोग गर्न नागरिक सहायता कक्ष सञ्चालन गरेको हो ।