चाडपर्वमा अवाञ्छित गतिविधि नगर्न कैलाली प्रशासनको आग्रह

चाडपर्वमा अवाञ्छित गतिविधि नगर्न कैलाली प्रशासनको आग्रह Ramaroshan
२०८२ असोज १२ गते
चाडपर्वमा अवाञ्छित गतिविधि नगर्न कैलाली प्रशासनको आग्रह

धनगढी।जिल्ला प्रशासन कार्यालय कैलालीले चाडपर्वको समयमा शान्ति-सुरक्षा कायम राख्दै मर्यादित ढंगले पर्व मनाउन सबैलाई आग्रह गरेको छ।

कार्यालयले आइतबार सूचना जारी गर्दै मादक पदार्थ सेवन गरी सार्वजनिक स्थलमा होहल्ला, झगडा गर्ने, अत्यावश्यक वस्तुमा कृत्रिम अभाव सिर्जना गर्ने, कालोबजारी तथा अनधिकृत मूल्यवृद्धि गर्ने, म्याद नाघेका वस्तुको बिक्रीवितरण गर्ने जस्ता गतिविधि नगर्न र नगर्न दिन चेतावनी दिएको हो।

यस्तै, सवारीसाधनमा तोकिएको क्षमताभन्दा बढी यात्रु नराख्न, मादक पदार्थ सेवन गरी सवारीसाधन नचलाउन, तोकिएको भन्दा बढी भाडा असुल नगर्न र ट्राफिक नियमको पालना गर्न समेत प्रशासनले अनुरोध गरेको छ।