धनगढी। नेपालकै सबैभन्दा ठूलो घाँसेमैदानसहित जैविक विविधताले भरिपूर्ण शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पछिल्लो समय पर्यटकको सङ्ख्या घट्दै गएको छ।
निकुञ्ज कार्यालयका अनुसार आर्थिक वर्ष २०७५र७६ मा १२ हजारभन्दा बढीले निकुञ्ज भ्रमण गरेका भए पनि पछिल्ला वर्षमा तीन(चार हजारमै सीमित छन्। कोभिड(१९ महामारीपछि विदेशी पर्यटक झनै न्यून छन्।
निकुञ्जका सूचना अधिकारी पुरुषोत्तम वाग्लेले पर्यटकीय पूर्वाधारको कमी, नेपाल(भारत सीमामा असहजता र प्रचारप्रसार नहुँदा यहाँ पर्यटक बढ्न नसकेको बताए।जङ्गल सफारीबाहेक अन्य गतिविधि नहुँदा पनि आकर्षण घटेको हो,उनले भने।
शुक्लाफाँटा निकुञ्ज ३०५ वर्गकिलोमिटर क्षेत्रमा फैलिएको छ। यहाँ ५६ प्रजातिका घस्रने वन्यजन्तु, ४६१ प्रजातिका चराचुरुङ्गी र दुई हजार ३२३ बढी बाह्रसिङ्गा पाइन्छ। पाटेबाघ, हात्ती, एकसिङ्गे गैँडा, कृष्णसार, सालक लगायत दुर्लभ वन्यजन्तु पनि यहाँ आकर्षणका स्रोत हुन्।
तर, अध्यागमन कार्यालय गड्डाचौकीका अनुसार नजिकैको सीमा नाकाबाट नेपाल भित्रिने विदेशी पर्यटक मध्ये करिब ८० प्रतिशत बर्दिया वा चितवन जाने गरेका छन्।स्थानीय व्यवसायीहरूले शुक्लाफाँटा ओझेलमा परेको भन्दै सरकारले प्रचारप्रसार र पूर्वाधारमा ध्यान दिनुपर्ने सुझाव दिएका छन्।
सिफारिस
सुदूरपश्चिम सरकार आगामी आर्थिक वर्षको बजेट निर्माणमा जुट्यो
दार्चुला–तिङ्कर सडकको १८ किलोमिटर ट्र्याक खुल्यो, बजेट अभाव मुख्य चुनौती
धनगढीबाट ६ जना जुवाडे पक्राउ
About Us
© 2026 Ramaroshan. Made with By MU Computer Institute

