बैतडीमा पुरुष भन्दा महिला मतदाता धेरै

बैतडीमा पुरुष भन्दा महिला मतदाता धेरै Ramaroshan
२०८२ असोज १४ गते
बैतडीमा पुरुष भन्दा महिला मतदाता धेरै

धनगढी । फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि मतदाता नामावलीमा नाम दर्ता गर्न सूचना जारी भएसँगै जिल्लामा मतदाता नामावलीका बारेमा चर्चा सुरु भएकोछ ।

बैतडीमा महिला मतदाताको सङ्ख्या पुरुषभन्दा एक हजार ७३९ बढी रहेको छ । यद्यपि अहिलेसम्म मुख्य राजनीतिक दलले प्रतिनिधि सभाको निर्वाचनमा महिला उम्मेदवारलाईचुनाव लड्ने अवसर दिन सकेका छैनन् । बैतडीमा एक लाख ४० हजार २०१ जना मतदातामध्ये महिला ७० हजार ९६९ र पुरुष मतदाता ६९ हजार २३० रहेका छन् ।

बैतडीमा पुरुषको तुलनामा महिलाको सङ्ख्या समेत बढी रहेको छ । पुरुषभन्दा महिलाको सङ्ख्या १४ हजार ४२९ रहेको छ । २०७८ सालको जनगणना अनुसार जिल्लाको कुल जनसङ्ख्या दुई लाख ४२ हजार १५७ रहेको छ । जसमध्ये पुरुष एक लाख १३ हजार ८६४ र महिलाको सङ्ख्या एक लाख २८ हजार २९३ रहेको छ ।