काठमाडौं।नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डर दीपेन्द्रसिंह ऐरी आईसीसी टी(२० अन्तर्राष्ट्रिय अलराउण्डर वरियतामा चौथो स्थानमै यथावत् रहेका छन्।
आईसीसीले बुधबार सार्वजनिक गरेको नयाँ वरियतामा ऐरीको स्थानमा परिवर्तन नभए पनि उनको रेटिङ २०९ बाट बढेर २१४ पुगेको छ।
हालै वेस्ट इन्डिजसँगको तीन खेलको टी २० शृंखलामा उनले दुई खेल मात्र खेलेका थिए, जसमा उनको प्रदर्शन औसत रह्यो।
अलराउण्डर वरियतामा पाकिस्तानका सायम अयुब शीर्ष स्थानमा उक्लिएका छन् भने भारतका हार्दिक पान्ड्या दोस्रो स्थानमा झरेका छन्।अफगानिस्तानका मोहम्मद नाबी तेस्रो स्थानमा रहेका छन्।
यसैगरी,ब्याटिङतर्फ नेपालका आसिफ शेख तीन स्थान उक्लिँदै ७७औं स्थानमा पुगेका छन्।बलिङतर्फ ललित राजबंशी छ स्थान सुधार गर्दै ५१औं स्थानमा उक्लिएका छन्।
सिफारिस
२०८२
चैत्र
२१ गते
सुदूरपश्चिम सरकार आगामी आर्थिक वर्षको बजेट निर्माणमा जुट्यो
२०८२
चैत्र
२१ गते
दार्चुला–तिङ्कर सडकको १८ किलोमिटर ट्र्याक खुल्यो, बजेट अभाव मुख्य चुनौती
२०८२
चैत्र
२१ गते
धनगढीबाट ६ जना जुवाडे पक्राउ
About Us
© 2026 Ramaroshan. Made with By MU Computer Institute

