दशैं लगत्तै नेपालभर तीन दिन भारी वर्षा, सुदूरपश्चिमसम्म प्रभाव

दशैं लगत्तै नेपालभर तीन दिन भारी वर्षा, सुदूरपश्चिमसम्म प्रभाव Ramaroshan
२०८२ असोज १६ गते
दशैं लगत्तै नेपालभर तीन दिन भारी वर्षा, सुदूरपश्चिमसम्म प्रभाव

काठमाडौं।दशैंको मुख्य दिनपछि नेपालभर मनसुनी प्रणाली सक्रिय भई तीन दिनसम्म भारी वर्षा हुने प्रक्षेपण गरिएको छ।बंगालको खाडीबाट विकसित भएको न्यूनचापीय प्रणाली शनिबार साँझदेखि नेपाल प्रवेश गर्ने भएकाले देशभर झरी पर्ने संभावना मौसमविद्हरूले बताएका छन्।

त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक मदन सिग्देलका अनुसार सामान्यतया सेप्टेम्बरमै मनसुन सकिन्छ। तर यस वर्ष प्रणाली ढिलोगरी विकसित भएकाले अक्टोबर दोस्रो सातासम्म सक्रिय रहन लागेको हो।

पूर्वदेखि सुदूरपश्चिमसम्म फैलिने.शनिबार रातिदेखि पूर्वी नेपालमा मनसुन सक्रिय भई आइतबारसम्म मधेश, बागमती, गण्डकी र लुम्बिनी हुँदै पश्चिमतिर फैलिनेछ।

सोमबार बिहानसम्म प्रणाली सक्रिय रहने अनुमान छ।कतिपय मोडेलले प्रभाव लुम्बिनीमै सीमित हुने देखाए पनि अरू मोडेलले कैलाली,कञ्चनपुरलगायत सुदूरपश्चिमसम्म पुग्ने प्रक्षेपण गरेका छन्। त्यसैले पश्चिम नेपाल पनि समान जोखिममा रहेको विज्ञहरूको भनाइ छ।

४५० मि(मि(सम्म वर्षा हुने अनुमान(विभिन्न मोडेलअनुसार,मधेशदेखि गण्डकी र लुम्बिनीका केही भागमा तीन.चार दिनमै ४ सय ५० मिलिमिटरसम्म पानी पर्न सक्छ।२४ घण्टामा १०० मि.मि.भन्दा बढी वर्षा भारी मानिने भएकाले बाढी, डुबान र पहिरोको उच्च जोखिम रहने चेतावनी दिइएको छ।

जोखिमयुक्त सडक र क्षेत्र.नारायणगढ(मुग्लिन, मुग्लिन(काठमाडौं र वीपी राजमार्गका धेरै खण्ड पहिरो जोखिममा

सुदूरपश्चिमका डोटी,अछाम, कैलाली, कञ्चनपुरका डाँडी किनार र सडक खण्ड पनि असुरक्षित।

काठमाडौं उपत्यका, हेटौंडा, चितवन, बर्दिबास, ललितपुर दक्षिणी भाग लगायत क्षेत्रमा डुबान र भीषण पानी पर्ने सम्भावना।

गत वर्षजस्तै परिस्थिति(गत वर्ष असोज ११–१२ मा परेको झरीले काठमाडौंसहित धेरै जिल्लामा डुबान, पहिरो र मानवीय क्षति ल्याएको थियो।यसपालि पनि त्यसकै हाराहारीको पानी पर्न सक्ने प्रक्षेपण भएकाले उच्च सतर्कता अपनाउनुपर्ने विज्ञहरूको चेतावनी छ।

यात्रु र किसानका लागि सल्लाह(दशैंको टीकापछि गन्तव्यमा फर्किने यात्रुहरूले शनिबार अपराह्नदेखि सोमबार बिहानसम्म यात्रा नगर्नु उत्तम।

धान काटिसकेका किसानले सुरक्षित स्थानमा भण्डारण गर्ने, अझै काट्न बाँकी भएकाले मंगलबार वा बुधबारसम्म पर्खन सिफारिस।संयन्त्रलाई सुझाव

विपद् व्यवस्थापन विज्ञ धर्मराज उप्रेतीका अनुसार, झरी निरन्तर भएमा स्थानीय प्रशासनले जोखिमयुक्त सडक तुरुन्तै बन्द गर्नुपर्छ।गृह मन्त्रालय, विपद् व्यवस्थापन प्राधिकरण र मौसम पूर्वानुमान महाशाखाबीच तत्काल सूचना प्रवाहको संयन्त्र बलियो बनाउनुपर्ने उनले बताए।