विदेशी जेलमा १ हजार १७१ नेपाली, ७ जनालाई आजीवन कारावास

विदेशी जेलमा १ हजार १७१ नेपाली, ७ जनालाई आजीवन कारावास Ramaroshan
२०८२ असोज १७ गते
विदेशी जेलमा १ हजार १७१ नेपाली, ७ जनालाई आजीवन कारावास

काठमाडौं।परराष्ट्र मन्त्रालयले हाल विभिन्न देशका जेलमा १ हजार १७१ नेपाली नागरिक रहेका र तीमध्ये ७ जनाले आजीवन कारावासको सजाय भोगिरहेको जनाएको छ।

मन्त्रालयका अनुसार विदेशी जेलमा रहेका नेपालीलाई कानुनी सहायता र कन्सुलर सेवा उपलब्ध गराइँदै आएको छ।

साथै, उनीहरूको परिवारसँग सम्पर्क गराउने, कानुनी प्रक्रियामा सहयोग गर्ने र सजाय कम गराउन पहल गर्ने कार्य पनि सरकारले अघि बढाइरहेको छ।

यस सम्बन्धी जानकारी संघीय संसद् सचिवालयले सार्वजनिक गरेको दस्तावेजमार्फत सार्वजनिक भएको हो।

विर्घटित प्रतिनिधिसभा सदस्य सोबिता गौतमको लिखित प्रश्नको जवाफमा परराष्ट्र मन्त्रालयले विदेशी जेलमा रहेका नेपालीबारे विवरण दिएको हो।

तर,कुन देशमा कति नेपाली छन् र उनीहरू कुन मुद्दामा दोषी ठहरिएका छन् भन्ने विवरण भने मन्त्रालयले सार्वजनिक गरेको छैन।