आगजनीका कारण कैलाली र कञ्चनपुरमा २९ किलोमिटर सडक कालोपत्र ठेक्का प्रक्रिया अलपत्र
धनगढी। कैलाली र कञ्चनपुरका चार स्थानीय तहमा साढे २९ किलोमिटर सडक कालोपत्रको ठेक्का प्रक्रिया आगजनीका कारण अलपत्र परेको छ।
धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिका, भीमदत्त नगरपालिका र शुक्लाफाँटा नगरपालिकामा सडक कालोपत्रको ठेक्का सम्झौता गर्ने क्रममा कार्यालयका कागजपत्र जलेपछि प्रक्रिया रोकिएको हो।
क्षेत्रीय सहरी विकास आयोजना,धनगढीले ३३ वटा सडक कालोपत्रका लागि बोलपत्र आह्वान गरेको थियो। जसअनुसार धनगढीमा ६.४६५ किमि, गोदावरीमा ८.२३ किमि, भीमदत्तमा ८.१४ किमि र शुक्लाफाँटामा ६.८६ किमि सडक कालोपत्र गर्ने योजना थियो।
तर, जेनजी पुस्ताको प्रदर्शनका क्रममा कार्यालयमा आगजनी हुँदा कागजपत्र जलेपछि ठेक्का प्रक्रिया अवरुद्ध भएको हो। दशैं बिदापछि विभागको निर्देशनअनुसार पुनः प्रक्रिया अघि बढाइने जनाएको छ।
सडक निर्माण कार्य एशियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा हुने भएकाले नेपालसहित भारतीय निर्माण कम्पनीहरू पनि बोलपत्र प्रक्रियामा सहभागी भएका थिए। आर्थिक मूल्याङ्कन कार्य पूरा नहुँदै कागजपत्र जलेका कारण सम्झौता टुंगिन नसकेको जनाइएको छ।
सिफारिस
सुदूरपश्चिम सरकार आगामी आर्थिक वर्षको बजेट निर्माणमा जुट्यो
दार्चुला–तिङ्कर सडकको १८ किलोमिटर ट्र्याक खुल्यो, बजेट अभाव मुख्य चुनौती
धनगढीबाट ६ जना जुवाडे पक्राउ
About Us
© 2026 Ramaroshan. Made with By MU Computer Institute

