विराटनगर । अविरल वर्षापछिको पहिरोका कारण इलाममा ३४ जनाको मृत्यु भएको छ । कारण ४ जना बेपत्ता भएका छन ।
इलाम प्रहरीका अनुसार ११ जनाको पोस्टमार्टम भएको छ । प्रहरीका अनुसार सूर्योदय नगरपालिका १ मानेभञ्ज्याङमा ५ जनाको मृत्यु भएको छ ।
यस्तै इलाम नगरपालिका ६, घोसमा ६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । त्यहाँ १ जना बेपत्ता भएका छन् । प्रहरीका अनुसार सन्दकपुर गाउँपालिकामा ४ जनाको मृत्यु भएको छ । २ बेपत्ता भएको पुष्टि भएको छ ।
यस्तै माङ्सेबुङ गाउँपालिकामा ३ को मृत्यु भएको पुष्टि भएको छ । देउमाई नगरपालिकामा ८ को मृत्यु भएको पुष्टि भएको छ ।
यसैगरी माइजोगमाई गाउँपालिकामा ७ को मृत्यु भएको छ । १ जना बेपत्ता भएका छन् । यसैगरी फाकफोकथुम गाउँपालिकामा १ को मृत्यु भएको इलामकी सिडिओ सुनिता नेपालले बताइन् । उद्धारको काम भइरहेको छ ।
सिफारिस
सुदूरपश्चिम सरकार आगामी आर्थिक वर्षको बजेट निर्माणमा जुट्यो
दार्चुला–तिङ्कर सडकको १८ किलोमिटर ट्र्याक खुल्यो, बजेट अभाव मुख्य चुनौती
धनगढीबाट ६ जना जुवाडे पक्राउ
About Us
© 2026 Ramaroshan. Made with By MU Computer Institute

