कर्णाली नदीमा महिलाको शव फेला

कर्णाली नदीमा महिलाको शव फेला Ramaroshan
२०८२ असोज २० गते
कर्णाली नदीमा महिलाको शव फेला

धनगढी । कर्णाली नदी किनारामा एक महिलाको शव फेला परेको छ । आइतबार कैलालीको जानकी गाउँपालिका–९ छतिवन सामुदायिक वन क्षेत्रमा स्थित कर्णाली नदी किनारामा वृद्व महिलाको शव फेला परेको हो ।

ती महिला सुर्खेतको चौकुने गाउँपालिका–१० घाट गाउँकी ६८ वर्षीया तलसी खनाल रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।