माछा मार्ने क्रममा करेन्ट लागेर कैलालीमा एक जनाको मृत्यु

माछा मार्ने क्रममा करेन्ट लागेर कैलालीमा एक जनाको मृत्यु Ramaroshan
२०८२ असोज २१ गते
माछा मार्ने क्रममा करेन्ट लागेर कैलालीमा एक जनाको मृत्यु

धनगढी – कैलालीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।

सोमबार करेन्ट लागेर जोशीपुर गाउँपालिका – ७ घैलाबौनियाका ३६ वर्षीय मिलन डगौराको मृत्यु भएको हो।

घर नजिकै नालामा बिजुलीको तार जोडी माछा मार्ने क्रममा करेन्ट लागेर डगौराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।