कैलालीमा जेनजी आन्दोलनका क्रममा लुटपाट गरिएको पेस्तोल सहित एक जना पक्राउ
धनगढी – कैलालीमा जेनजी आन्दोलनका क्रममा लुटपाट गरिएको पेस्तोल सहित एक जनालाई पक्राउ परेका छन् । घोडाघोडी नगरपालिका–१ बेलारबाट जेनजी आन्दोलनका क्रममा लुटपाट गरिएको पेस्तोल सहित २३ वर्षीय आकाश शाही पक्राउ परेका हुन ।
उनलाई मंगलबार इलाका प्रहरी कार्यालय सुखडबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको थियो ।
इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायब उपरीक्षक ९डिएसपी० रमेश दत्त अवस्थीले गोप्य सूचनाको आधारमा शाहीलाई टाइप–५४ एक वटा पेस्तोल सहित पक्राउ गरिएको बताए । पक्राउ परेका शाहीले जेनजी आन्दोलनका क्रममा काठमाण्डौँको कोटेश्वरबाट पेस्तोल लुटेको बयान दिएको प्रहरीले जनाएको छ ।
सिफारिस
२०८२
चैत्र
२१ गते
सुदूरपश्चिम सरकार आगामी आर्थिक वर्षको बजेट निर्माणमा जुट्यो
२०८२
चैत्र
२१ गते
दार्चुला–तिङ्कर सडकको १८ किलोमिटर ट्र्याक खुल्यो, बजेट अभाव मुख्य चुनौती
२०८२
चैत्र
२१ गते
धनगढीबाट ६ जना जुवाडे पक्राउ
About Us
© 2026 Ramaroshan. Made with By MU Computer Institute

