धनगढी। जेन्जी आन्दोलनको क्रममा जिल्ला कारागार दार्चुलाबाट भदौ २४ गते राति करिब ९ बजे भागी फरार भएका कैदी उमेश सिंह कुँवरलाई प्रहरीले पक्राउ गरेको छ।
महाकाली नगरपालिका–१ छापरीका २३ वर्षीय कुँवरमाथि कर्तव्य ज्यान मुद्दामा २५ वर्ष, जवरजस्तीकरणी मुद्दामा २५ वर्ष र ज्यान मार्ने उद्योग मुद्दामा २ वर्ष गरी जम्मा ५२ वर्षको कैद सजाय तोकिएको थियो।
विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट प्रहरी निरीक्षक बिक्रम बहादुर शाहीको कमाण्डमा खटिएको १० जनाको प्रहरी टोलीले बुधबार १स्३० बजे कुँवरलाई आफ्नै घरमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरेको हो।
पक्राउ परेका कुँवरलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय दार्चुलामा राखिएको प्रहरीले जनाएको छ।
सिफारिस
२०८२
चैत्र
२१ गते
सुदूरपश्चिम सरकार आगामी आर्थिक वर्षको बजेट निर्माणमा जुट्यो
२०८२
चैत्र
२१ गते
दार्चुला–तिङ्कर सडकको १८ किलोमिटर ट्र्याक खुल्यो, बजेट अभाव मुख्य चुनौती
२०८२
चैत्र
२१ गते
धनगढीबाट ६ जना जुवाडे पक्राउ
About Us
© 2026 Ramaroshan. Made with By MU Computer Institute

