धनगढी। डोटीको शिखर नगरपालिकामा प्रहरी जवान शंकर बलायरलाई ठक्कर दिएको बस चालक पक्राउ परेका छन । जिल्ला प्रहरी कार्यालय डोटीले ठक्कर दिएर फरार रहेका बस चालकलाई सोमबार पक्राउ गरेको जनाएको हो ।
शिखर नगरपालिका – ८ तिलताली घर भई हाल जिल्ला ट्राफीक प्रहरी कार्यालय रौतहटमा कार्यरत प्रहरी जवान शंकर बलायर असोज १७ मध्यराति १२ः१५ बजेतिर मृत भेटिएका थिए । प्रहरीको अनुसन्धानले मध्यराति बसले ठक्कर दिएर बलायरको मृत्यु भएको जनाएको छ । बलायरलाई ठक्कर दिएर चालक बससहित फरार रहेका थिए ।
जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख प्रहरी उपरीक्षक महेन्द्र नेपालले पक्राउ परेकालाई केही दिनमै आधिकारिक रूपमा सार्वजनिक गरिने बताएका छन । पक्राउ परेका व्यक्तिले कसुर स्वीकार गरिसकेको डोटी प्रहरीले जनाएको छ ।
सिफारिस
२०८२
चैत्र
२१ गते
सुदूरपश्चिम सरकार आगामी आर्थिक वर्षको बजेट निर्माणमा जुट्यो
२०८२
चैत्र
२१ गते
दार्चुला–तिङ्कर सडकको १८ किलोमिटर ट्र्याक खुल्यो, बजेट अभाव मुख्य चुनौती
२०८२
चैत्र
२१ गते
धनगढीबाट ६ जना जुवाडे पक्राउ
About Us
© 2026 Ramaroshan. Made with By MU Computer Institute

