टी– २० विश्वकप छनोटमा आज नेपाल यूएईसँग प्रतिस्पर्धा गर्दै

टी– २० विश्वकप छनोटमा आज नेपाल यूएईसँग प्रतिस्पर्धा गर्दै Ramaroshan
२०८२ असोज २६ गते
टी– २० विश्वकप छनोटमा आज नेपाल यूएईसँग प्रतिस्पर्धा गर्दै

धनगढी । ओमानमा जारी टी– २० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटअन्तर्गत सुपर सिक्समा नेपालले आज यूएईसँग प्रतिस्पर्धा गर्दै छ । यो खेल नेपाली समयअनुसार आज दिउँसो ४:१५ बजे हुनेछ ।

यूएई समूह ‘ए’ र नेपाल समूह ‘बी’को विजेता हुँदै सुपर सिक्समा पुगेका हुन् । यी दुवै प्रतियोगिताका अपराजित टोली हुन् । त्यसअघि बिहान ११:४५ बजे सुपर सिक्सको पहिलो खेलमा ओमान र कतार प्रतिस्पर्धा गर्दै छन् ।

तीन समूहबाट सुपर सिक्समा परेका टोलीमध्ये सुपर सिक्सका खेलपछि शीर्ष तीन टोली आगामी वर्ष भारत र श्रीलंकामा हुने टी– २० विश्वकपका लागि छनोट हुनेछन् ।