बैतडीको पाटनमा किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा किशोर पक्राउ

बैतडीको पाटनमा   किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा किशोर पक्राउ Ramaroshan
२०८२ असोज २७ गते
बैतडीको पाटनमा   किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा किशोर पक्राउ

 धनगढी । बैतडीको पाटन नगरपालिका–६ भडालीका १९ वर्षीय रोहित लुहारलाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयका अनुसार लुहारलाई आइतबार पक्राउ गरिएको हो । १९ वर्षीया एक किशोरीमाथि जबरजस्ती करणी गरेको उजुरी परेपछि अनुसन्धानका क्रममा उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

पीडित किशोरीले आफूमाथि जबरजस्ती करणी भएको भन्दै इलाका प्रहरी कार्यालय पाटनमा जाहेरी दिएकी थिइन् । सो जाहेरीका आधारमा लुहारलाई पक्राउ गरी प्रारम्भिक अनुसन्धान अघि बढाइएको निरीक्षक पाण्डेयले बताउनुभयो ।

प्रहरीका अनुसार घटनाबारे थप विवरण सङ्कलन भइरहेको छ । जिल्ला अदालतबाट लुहारमाथि आठ दिनको म्याद थप गरी अनुसन्धान जारी राखिएको प्रहरीले जनाएको छ ।