धनगढी । कैलालीको गोदावरी नगरपालिका– ४ मा एक युवकमाथि धारिलो हतियार प्रहार गर्ने गिरोहका १० जना पक्राउ परेका छन् । सोही वडाको गोदावरीमा रहेको शुभम् होटलमा नास्ता खाइरहेका डडेल्धुराको नवदुर्गा गाउँपालिका– २ का ३२ वर्षीय गौरव ऐर माथी धारिलो हतियार प्रहार प्रहार गर्ने गिरोहका १० जनालाई प्रहरीले पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय मालाखेतीको टोलीले भारततर्फ भागिरहेको अवस्थामा धनगढी उपमहानगरपालिका–२ का सन्नी नेपाली सहितका १० जनालाई गए राती पक्राउ गरेको छ । उनीहरू सबैलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।
भारततर्फ भाग्दै गरेका उनीहरूलाई सीमा नाका नजिकैबाट पक्राउ गरिएको थियो । घटनामा पक्राउ परेका नेपालीको ग्याङ कोब्रा सरकारका नामले परिचित छ । त्यसको नेतृत्व सन्नी नेपालीले गर्दै आएको प्रहरीले जनाएको छ ।
ऐर माथी राती करिब ११ बजेतिर होटलमा बसेर नास्ता खान खाइरहेको बेला बाहिरबाट आएको एक गिरोहले आक्रमण गरेको थियो । गम्भीर घाइते ऐरलाई उपचारका लागि धनगढीस्थित निसर्ग हस्पिटलमा लगिएकोमा त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि भारत रिफर गरिएको छ ।
सिफारिस
सुदूरपश्चिम सरकार आगामी आर्थिक वर्षको बजेट निर्माणमा जुट्यो
दार्चुला–तिङ्कर सडकको १८ किलोमिटर ट्र्याक खुल्यो, बजेट अभाव मुख्य चुनौती
धनगढीबाट ६ जना जुवाडे पक्राउ
About Us
© 2026 Ramaroshan. Made with By MU Computer Institute

