शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सभाको पहिलो बैठक सम्पन्न

शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सभाको पहिलो बैठक सम्पन्न Ramaroshan
२०८२ असोज २८ गते
शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सभाको पहिलो बैठक सम्पन्न

धनगढी/ शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सभाको पहिलो बैठक सम्पन्न भएको छ । मंगलबार शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय ऐन, २०८२ को परिच्छेद ४ को दफा बमोजिम विश्वविद्यालय सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री माहाविर पुनको अध्यक्षता बैठक सम्पन्न भएको हो ।  बैठकले सभाका पदाधिकारी नियुक्ति सँग उपकुलपति र रजिस्ट्रार नियुक्तिका लागि सिफारिस समिति गठन गरेको छ ।

बैठकले सभा सदस्यमा सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा डा हेमराज पन्त, प्रा डा जयराज अवस्थी, प्रा डा अम्मराज जोशी, डा लवदेव अवस्थी, प्रा डा संगीता राज भण्डारी, डा डम्बरबहादुर पाल र सह प्रा अनुराधा रोकायलाई चयन गरेको छ ।

बैठकले शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय उपकुलपति र रजिस्ट्रार नियुक्तिका लागि देहाय प्रा डा जयराज अवस्थी संयोजकत्वमा सिफारिस समिति गठन गरेको छ । उक्त समितिको सदस्यमा प्रा डा दीपक महरा र प्रा डा भारती जोशी सदस्य रहेका छन् ।

बैठकमा सभाका सदस्य रहेका सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह सभाका सदस्य गोदावरी नगरपालिकाका मेयर वीरेन्द्र भट्ट लगायतको सहभागिता रहेको थियो ।