धनगढी /बझाङको मष्टा गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरिएको छ । पालिकाका पालिकाकै वडा नं। १ को जेन जी समुहले मंगलबार कार्यालयमा अनिश्चितकालका लागि तालाबन्दी गरेको हो ।
आफूहरुले केही मागहरु राखेको र सो मागको सुनूवाई नभएका कारण कार्यालयमा तालाबन्दी गरिएको जेन जी समुहका संयोजक हिमाल खड्काले बताए । उनले मष्टा गाउँपालिका– १ मा रहेका विभिन्न समस्याहरुको समाधानका लागि गाउँपालिकासँग मागको सम्बोधनका लागि जाँदा जिम्मेवार निकायले मागको वेवास्था गरेकाले तालाबन्दी गरिएको बताए । उनले माग सम्बोधन नभएसम्म तालाबन्दी यथावत रहने बताए ।
उनिहरुले वडामा खानेपानी, सडक, पातलगडामा पुल, विद्युत, सहकारीले हिनामिना गरेको रकम फिर्ता गरी सहकारीलाई कारबाही गर्नुपर्ने र गाउँपालिकामा रहेका सम्पुर्ण जनप्रतिनिधि तथा कर्मचारीको सम्पत्ति सुद्धिकरण गर्नुपर्ने लगायतका मागहरु राखेका छन् ।
सिफारिस
सुदूरपश्चिम सरकार आगामी आर्थिक वर्षको बजेट निर्माणमा जुट्यो
दार्चुला–तिङ्कर सडकको १८ किलोमिटर ट्र्याक खुल्यो, बजेट अभाव मुख्य चुनौती
धनगढीबाट ६ जना जुवाडे पक्राउ
About Us
© 2026 Ramaroshan. Made with By MU Computer Institute

