महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा सिटी स्क्यान सेवा सुरु
धनगढी/ महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा सिटी स्क्यान सेवा औपचारिक रूपमा सुरु गरिएको छ।मंगलवार सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्रालयका सचिव डा।हेमराज रेग्मी, अस्पताल व्यवस्थापन समितिका निर्वतमान अध्यक्ष कृष्णानन्द भट्ट र अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा।अर्जुन भट्टले संयुक्त रूपमा सेवाको उद्घाटन गरे।
सचिव रेग्मीले सेवा सञ्चालनमा आएसँगै यहाँका जनताले विशेषज्ञ स्वास्थ्य सेवा सहज रूपमा पाउने विश्वास व्यक्त गरे।
“प्रदेश सरकारको उद्देश्यअनुसार सिटी स्क्यान सेवा थपिएपछि जनतालाई विशेषज्ञ सेवा पाउने सुविधा मिल्नेछ,” उनले भने, “भविष्यमा पनि सरकारले थप विशेषज्ञ सेवा विस्तार गर्दै लैजानेछ।”
अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा।भट्टका अनुसार लामो तयारीपछि अस्पतालमा ६४ ‘स्लाइस’ क्षमताको अत्याधुनिक सिटी स्क्यान मेसिन जडान गरिएको हो।अस्पतालले गत फागुनमा बालाजी सर्जिकल सप्लायर्ससँग तीन करोड ८३ लाख ५५ हजार ५६० रुपैयाँमा सो उपकरण खरिदका लागि सम्झौता गरेको थियो।
व्यवस्थापन समितिका निर्वतमान अध्यक्ष कृष्णानन्द भट्टले सिटी स्क्यान सेवा सुरु भएपछि बिरामीहरूलाई उपचारका लागि अन्यत्र जानुपर्ने बाध्यता हट्ने विश्वास व्यक्त गरे।
विसं २०२० मा प्राथमिक स्वास्थ्य केन्द्रका रूपमा स्थापना भएको महाकाली अस्पताल २०३१ मा २५ श्ययाको जिल्ला अस्पताल र २०४३ मा ५० श्ययाको अञ्चल अस्पताल ९रेफरल सेन्टर० मा स्तरोन्नति भएको थियो।संघीय शासन प्रणाली लागू भएपछि यसलाई प्रादेशिक अस्पतालका रूपमा सञ्चालन गर्दै विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउन थालिएको हो।

