कैलालीको माताखेतीका डीएसपी चन्दसहितका आठ जना प्रहरी पुरस्कृत

कैलालीको माताखेतीका डीएसपी चन्दसहितका आठ जना प्रहरी पुरस्कृत Ramaroshan
२०८२ असोज ३० गते
कैलालीको माताखेतीका डीएसपी चन्दसहितका आठ जना प्रहरी पुरस्कृत

धनगढी।जिल्ला प्रहरी कार्यालय कैलालीले इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक रणबहादुर चन्दसहित आठ जना प्रहरीलाई पुरस्कृत गरेको छ।

अत्तरियामा डडेल्धुराका गौरव ऐरमाथि भएको हतियार प्रहारको घटनामा सक्रियता देखाएर आरोपीतहरू पक्राउ गर्न सफल भएको भन्दै प्रहरी कर्मचारीलाई पुरस्कृत गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

रेकर्डमा जनिनेगरि नगदसहित उनीहरूलाई पुरस्कृत गरिएको हो । इलाका प्रहरी कार्यालय मालाखेती र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले गौरव ऐरमाथि धारिलो हतियार प्रहार गर्ने १२ जनालाई भारततर्फ भागिरहेको अवस्थामा पक्राउ गरिएको थियो ।

उनीहरूविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।