
धनगढी । बाजुराको एक स्थानीय तहले करार र ज्यालादारीमा कार्यरत कर्मचारीलाई हटाउने निर्णय गरेको छ । जिल्लाको बुढीगङ्गा नगरपालिकाले पालिका तथा वडाहरूमा कार्यरत अस्थायी कर्मचारीलाई हटाउने निर्णय गरेको हो ।
बिहीबार बसेको ४९ औँ कार्यपालिका तथा यस आर्थिक वर्षको तेस्रो बैठकले नगरपालिकामा कार्यरत झन्डै ८० अस्थायी कर्मचारीको कार्तिक १ गतेदेखि म्याद थप नगर्ने निर्णय गरेको छ ।
नगरपालिकाका प्रवक्ता एवम् वडा –६ का अध्यक्ष हेमराज जैशीले बिहीबार बसेको कार्यपालिका बैठकले यस्तो निर्णय गरेको बताउनुभयो । उहाँका अनुसार पालिकाले सङ्घीय सरकार र प्रदेश सरकारको पत्रअनुरूप पालिकामा कार्यरत अस्थायी कर्मचारीको म्याद थप नगर्ने, जेनजी आन्दोलनमा घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गर्ने लगायतका निर्णय गरेको छ ।
बुढीगङ्गा नगरपालिकामा हाल ८० जना कर्मचारीलाई विकासीय बजेटबाट तलब प्रदान गरिँदैआएको थियो । पालिकाका १० वटै वडाका गरी ती कर्मचारीलाई हटाउने निर्णय गरेपछि कामकाजमा केही समस्या हुने आँकलन गरिएको छ । यद्यपि स्थायी दरबन्दी भएका कर्मचारीबाट नियमित रूपमा सेवा प्रदान गरिने कार्यपालिका बैठकले निर्णय गरेको छ ।
सिफारिस
विपिन जोशीकोे शव लगियो गृह जिल्ला कञ्चनपुरमा
विपिनको परिवारलाई पनि सुदूरपश्चिम सरकारले दुई लाख सहयोग गर्ने
विपिनको पार्थिव शरीरमा राजकीय श्रद्धाञ्जली
टिकटकरआँचल नाथ प्रकरणमा पाँच आरोपीमाथि मुद्दा,एक पक्राउ चार फरार
संजीवनी मोबाइल ग्यालरीले नयाँ भवनबाट सेवा दिने ,अनलाइन सेवा पनि विस्तार गर्ने
About Us
© 2025 Ramaroshan. Made with By MU Computer Institute