
काठमाडौँ : जेन-जी आन्दोलनमा ६१ भीआईपीको हवाई उद्धार गरिएको नेपाली सेनाले जनाएको छ । गत भदौ २३ गतेको जेन-जी आन्दोलन र भोलिपल्ट उत्पन्न घटनाक्रमका बारेमा पत्रकार सम्मेलन गर्दै सेनाले यसबारे जानकारी गराएको हो ।
नेपाल प्रहरीका २३ कर्मचारीको पनि हवाई उद्धार गरिएको र जमिनबाट १२९ जनालाई उद्धार गरिएको सेनाले जनाएको छ ।
सेनाका युद्धकार्य निर्देशक अनुपजंग थापाले आफूहरुको प्राथमिकता जनधनको सुरक्षा र राष्ट्रिय एकतामा रहेको बताए । 'सेनाले घातक शक्ति प्रयोग नगरेको छिटपुट सुन्नमा आएका छन्, तर हाम्रो स्पष्ट प्राथमिकता जनधन सुरक्षा र राष्ट्रिय एकता नै थियो,' उनले भने ।
भदौ २४ को घटनामा सेनाले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल लगायत शीर्ष नेता र नितका परिवारका साथै मन्त्रीहरुलाई उद्धार गरी सुरक्षित स्थलमा पुर्याएको थियो ।
जेन-जी आन्दोलन र त्यसबाट उत्पन्न परिस्थितिका कारण कुल ७६ जनाको मृत्यु भएको थियो ।
सिफारिस
विपिन जोशीकोे शव लगियो गृह जिल्ला कञ्चनपुरमा
विपिनको परिवारलाई पनि सुदूरपश्चिम सरकारले दुई लाख सहयोग गर्ने
विपिनको पार्थिव शरीरमा राजकीय श्रद्धाञ्जली
टिकटकरआँचल नाथ प्रकरणमा पाँच आरोपीमाथि मुद्दा,एक पक्राउ चार फरार
संजीवनी मोबाइल ग्यालरीले नयाँ भवनबाट सेवा दिने ,अनलाइन सेवा पनि विस्तार गर्ने
About Us
© 2025 Ramaroshan. Made with By MU Computer Institute