कञ्चनपुरका सात प्रहरी पुरस्कृत

कञ्चनपुरका सात प्रहरी पुरस्कृत Ramaroshan
२०८२ कार्तिक ०१ गते
कञ्चनपुरका सात प्रहरी पुरस्कृत

धनगढी । सुदूरपश्चिम प्रदेश सीमावर्ती कञ्चनपुर जिल्लामा कार्यरत उत्कृष्ट प्रहरी कर्मचारीहरूलाई सम्मान गरिएको छ । जिल्लाका विभिन्न कार्यालय एवं युनिटमा कार्यरत सात प्रहरी कर्मचारीहरूलाई सम्मान गरिएको हो । शुक्रबार ७०औँ प्रहरी दिवसको अवसरमा संगठनले दिएको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने प्रहरी अधिकृतदेखि जवानसम्म सम्मानित भएका हुन् ।

जिल्ला प्रहरी कञ्चनपुर प्रहरीका प्रवक्ता सागर बोहराले उत्कृष्ट कामकाज सम्पादन गर्ने प्रहरीलाई सम्मान गरिएको बताए । प्रवक्ता बोहराका अनुसार प्रहरी निरीक्षक वीरबहादुर बोहरा, प्रहरी सहायक निरीक्षकद्वय सुरेन्द्रसिंह धामी, ललितबहादुर बटाला, वरिष्ठ हवल्दारद्वय दीपक विष्ट, कृष्णदेव पन्त र प्रहरी जवान महेशसिंह बोहरालाई नगदका साथै प्रमाणपत्र प्रदान गरेर सम्मान गरिएको छ ।

वरिष्ठ प्रहरी हवल्दार विष्टलाई सुप प्रदेश प्रहरी कार्यालय र अन्यलाई जिल्ला प्रहरी कार्यालयबाटै सम्मान गरिएको जनाइएको छ । यसका साथै दिवसको अवसरमा आन्तरिक प्रतियोगिताका विजेताहरूलाई समेत पुरस्कृत गरिएको छ । पुरस्कृत भएका प्रहरी जवानदेखि अधिकृतहरूले सम्मानपु–रस्कारबाट उत्साहित भएको बताउँदै संगठनले आगामी दिनमा दिने जिम्मेवारी थप प्रभावकारी गर्ने प्रतिबद्धता जाहेर गरेको जनाएका छन् ।